सल्यान दमकलविहीन जिल्ला

सल्यान। तीन नगरपालिका र सात गाउँपालिका रहेको सल्यानमा एउटा पनि दमकल छैन । जिल्लामा आगलागी हँुदा निभाउने यन्त्र नै नभएपछि समस्या हुने गरेको छ ।

सामुदायिक बनमा लागेको डढेलो मानवबस्तीमा आउदा यस आर्थिक बर्षमामात्रै दर्जन बढी घरगोठ जलेरनष्ट भए भने जिल्लाले ठूलोधन जनको क्षती बेहोर्नुप¥यो । छत्रेश्वरी गाउँपालिका ३ का पूर्ण पुन जिल्लामा एउटा पनि दमकल नहुन दुखद भएको बताउनुहुन्छ ।

जिल्लाका स्थानीय तहहरुले दुईपाँग्रे र चारपाँग्रे सवारी साधन खरिद गरेका छन् तर दमकल खरिद गरेका छैनन् । जिल्लाका अधिकांश स्थानीय तहका जनप्रतिनिधीहरुले गाउँमा दमकलको आवश्यकता नदेखिएकाले दमकल नकिनेको बताउदै आएका छन् । छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले अहिले नै दमकल किन्ने सोच नभएको बताउनुभयो ।

भौगोलिक रुपमा गाउँपालिका बिकट भएको र सबै क्षेत्रमा स्तरीय सडक नभएका कारण दमकल खरिद गर्न केही समस्या भएको उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले भने जिल्लामा दमकलको आबश्यकता महसुस गरिएपनि खरिदका लागि ठोस योजना भने निर्माण नभएको उहाँले बताउनुभयो ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..