घुस प्रकणमा मुछिएका राजनाराणसँग ७८ लाख धरौटी माग, धरौटी राखेर पाठक रिहा

काठमाडौं । भ्रष्टाचार आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकलाई विशेष अदालतल काठमाडौंले ७८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । धरौटी बुझाएर उनी बुधबारै रिहा हुने तयारीमा रहेकोसमेत जनाइएको छ ।

विशेष अदालतले उनलाई ७८ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएपछि उनी उक्त रकमको बैंक ग्यारेन्टी राखेर रिहा हुन लागेका हुन् । पाठकले नेपाल बंगलादेश बैंकको बैंक ग्यारेन्टी बुझाउन लागेका हुन् ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले यस्तो आदेश गरेको हो। उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७८ लाख रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरेको थियो । विशेष अदालतले विगो बराबर नै धरौटी माग गरेको हो ।

७८ लाख रुपौयाँ घुस लिएको भिडियो सार्वजनिक भएपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त पाठक बुधबार विशेष अदालतमा उपस्थित भएका थिए । थुनछेक बहसपछि उनलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उनीसँगै प्रतिवादी बनाइएका लम्बोदन न्यौपाने भने फरार छन्। अख्तियारले पाठकविरुद्ध घुस लिएको अभियोगमा चैत १२ मा विशेष अदालतमा भ्रष्टाचार विरुद्ध मुद्दा दायर गरेको थियो।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..