प्रशासनले थाल्यो औषधी पसलको अनुगमन

प्यूठान १ जेठ ।  प्यूठान जिल्ला प्रशासन कार्यालय, प्यूठानले जिल्लामा रहेका औषधी पसल, पोलिक्लनिक तथा निजी अस्पतालहरुको अनुगमन कार्यको सुरुवात गरेको छ ।

 आज प्यूठान जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको नेतृत्वमा गएको अनुगमन टोलीले प्यूठान नगरपालिका वडा नं ४ स्थित विजुवार तथा जुम्री बजार र वडा नं ८ स्थित बाग्दुला बजारमा रहेका ६ वटा औषधी पसल, ३ वटा क्लिनिक र १ वटा निजी अस्पतालको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा केहि औषधी पसलमा म्याद नाघेका औषधी भेटिएको, व्यसाय दर्ता प्रमाणपत्रहरु ग्राहकले देखिने गरी नराखिएको, प्रयाप्त स्थानको अभाव, विल दिने नगरेको जस्ता कमजोरीहरु देखियो भने क्लिनिकहरुमा वडापत्र नरहेको, व्यवसायसँग सम्बन्धित कागजातहरु अद्यावधिक र व्यवस्थित नगरिएको, स्थानको कमी जस्ता कमजोरी देखियो भने जिल्लामा रहेको एकमात्र निजी अस्पताल स्वर्गद्वारी लाइफ केयर अस्पताल विगत २ बर्षदेखि नवीकरण नगरेको पाइयो ।

 अनुगमन टोलिले औषधी पसलहरुलाई म्याद गुज्रेका औषधी नबेच्न र छुट्टै भणरडारण गर्न सचेत गराउँदै पर्याप्त स्थानको व्यवस्था गर्न, व्यवसाय दर्ता सम्बन्धी कागजात ग्राहकले देखिने गरी राख्न, सबै ग्राहकलाई अनिवार्य रुपमा बिल दिन, प्रतिवन्धित औषधीहरु डाक्टरको सिफारिसमा मात्रै बिक्रि वितरण गर्न र सोको तोकिएको ढाँचामा रेकर्ड राख्न लगायतका निर्देशन दिएको थियो भने क्लिनिकहरुलाई व्यवसयासँग सम्बन्धि सम्पूर्ण कागजात ५ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा पेश गर्न तथा अन्य पक्षमा सुधार गर्न निर्देशन दियो ।

त्यस्तै नवीकरण नगरेको तर प्रक्रिया अघि बढाएको भनिएको स्वर्गद्वारी लाइफ केयर अस्पताललाई आवश्यक मापदण्ड पुरा गरी नविकरण गरेर १५ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा पेश गर्न निर्देशन दिएको थियो । यसै गरी अनुगमन टोली अनुगमनमा गएका बखत केहि औषधी पसल तथा क्लिनिकहरु हतार हतार बन्द गरिएको देखिएको र त्यसरी बन्द गरिएका पसलहरुलाई आवश्यक कागजात सहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन पत्र काटिने कुरा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनु भयो ।

साथै उहाँले जिल्लाका केहि स्थानमा द्रता नगरी औषधी पसल सञ्चालन भएको भन्ने सुनिएकोले जिल्लाका सबै भेगमा अनुगमनलाई निरन्तरता दिने बताउनुभयो । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालयको अतिरिक्त स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, प्यूठान नगरपालिका, प्रहरी कार्यालय, औषधी व्यवसायी संघका प्रतिनिधि तथा पत्रकार सहभागी थिए ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..