सुत्केरीको हेलिकप्टरमार्फत् उद्धार

रुकुम पूर्व २ जेठ –  उत्तरगङ्गा गाउँपालिका८ चारगाउँकी एक सुत्केरी स्थानीयवासी २० वर्षीया मिलना मल्लको आज नेपाली हेलिकप्टरमार्फत् उद्धार गरिएको छ।

सुत्केरी हुन नसकेपछि चारगाउँस्थित रिवाङचौर स्वास्थ्य चौकीबाट उनलाई हेलिकप्टरमा भेरी अञ्चल अस्पताल नेपालगञ्ज लगिएको सहायक प्रमुख जिल्ला अधिकारी श्रवणकुमार साहले बताएका छन् ।

उनलाई गत वैशाख ३० गते सुत्केरी व्यथा लागेपछि स्वास्थ्य चौकीमा भर्ना गरिएको थियो। मिलना मल्ललाइ तीन दिनसम्म सुत्केरी हुन नसकेपछि जिल्ला प्रशासन कार्यालयको रोहवरमा हेलिकप्टरबाट उद्धार गरिएको हो।

सडक सुविधा नहुँदा दुर्गम गाउँका सुत्केरीको अस्पताल पुर्‍याउन नपाउँदै बाटोमै ज्यान जाने गरेको छ। रासस

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..