निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटायो

काठमाडौँ ३ जेठ – पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य नेपाल आयल निगमले घटाएको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको हकमा खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

नेपाल आयल निगमको अनुसार आज राति १२ बजेदेखि बढेको मूल्य लागू हुनेछ । डिजेल र मट्टीतेलमा १ – १ रुपैयाँ तथा पेट्रोलमा प्रति लिटर २ रुपैयाँ  मूल्य घटाइएको निगमले बताएको छ  ।

काठमाण्डौको नयाँ खुद्रा बिक्री मूल्य पेट्रोल प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको मूल्य ९७ रुपैयाँ कायम भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिएका छन ।

इण्डियन आयल कर्पोरेशनबाट १६ मे २०१९ मा प्राप्त मूल्य घटेर आएकोले मूल्य विश्लेषण गरी समायोजन गरिएको निगमले जानेको छ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..