३ दिनदेखि सुत्केरी व्यथा लागेकी मल्लले हेलिकप्टरमै मृत शिशुको जन्माइन, अवस्था चिन्ताजनक

रुकुम (पूर्व) ३ जेठ –  एक महिलाले हेलिकप्टरमै मृत शिशुको जन्म दिएकी छिन्।

तीन दिनदेखि सुत्केरी व्यथा लागेकी रुकुम (पूर्व) पुथा उत्तरगङ्गा गाउँपालिका८ चारगाउँकी मिलना मल्ललाई हेलिकप्टरमार्फत उद्धार गर्दैगर्दा हेलिकप्टरमै मृत बच्चा जन्मिएको बताईएको छ ।

तीन दिनदेखि सुत्केरी व्यथा लागेको उनको अवस्था चिन्ताजनक रहेको पारिवारिक स्रोतले बताएको छ।

२० वर्षीया मल्ल रिवाङचौर स्वास्थ्यचौकी चारगाउँमा सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको थियो। मल्लको अहिले भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचार भइरहेको बताइएको छ।

मल्ललाई सेनाको हेलिकप्टरमार्फत भेरी अञ्चल अस्पताल पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी श्रवनकुमार साहले बताए। सुत्केरी व्यथा लागेको उनलाई वैशाख ३० गते मङ्गलबार स्वास्थ्यचौकी रिवाङचौरमा भर्ना गरिएको थियो।

 तीन दिनसम्म पनि सुत्केरी हुन नसकेपछि बिहीबार मात्र जिल्ला प्रशासन कार्यालयमा यो कुरा जानकारी हुनआएको र तुरुन्तै हेलिकप्टर बोलाई सुत्केरीको उद्धार गरिएको सहायक प्रजिअ साहले बताए। रासस

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..