गाउँपालिकाका अध्यक्ष गोइतको घरमा प्रेसर कुकर बम विष्फोट

सप्तरी ४ जेठ । सप्तरीको बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा अज्ञात समूहले  गए राति प्रेसर कुकर बम विष्फोट गराएको छ।

सो समूहले अध्यक्ष गोइतको घरसँगैको प्रतिक्षालयमा बम विष्फोट गराएको प्रहरी नायब उपरीक्षक भावेश रिमाललले जानकारी दिएका छन् । बम विष्फोटनबाट प्रतिक्षालयमा रहेको टेबुल, कुर्सी र फर्निचरको जलेर नष्ट हुनाका साथै उनका काका श्याम गोइत घाइते भएका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बम विष्फोटनबारे अनुसन्धान भइरहेको र बम विष्फोट गराउने समूह भारतीय सिमानाबाट भाग्न सक्ने भएकाले सो सिमानामा समेत प्रहरी परिचालन गरी खोजी कार्य तीव्र पारिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए।रासस

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..