
काठमाडौँ ४ जेठ । भारतको लखनउ-आगरा राजमार्गमा शनिबार एक बस दुर्घटना पर्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
सो राजमार्ग अन्तर्गतको देवखरीमा भएको दुर्घटनामा परी अन्य ३० जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।
दिल्लीबाट यात्रु लिएर बिहारतर्फ द्रुतगतिमा गइरहेका अवस्थामा ट्याक्टरको ट्रलीमा ठोक्किएर बस दुर्घटनामा परेको बताइएको छ ।
घाइतेका मध्ये एक दर्जन भन्दा बढीलाई थप उपचारका लागि लखनउ ट्रमा सेन्टरमा लगिएको अधिकारीहरुले बताएका छन् ।
घाइते मध्ये केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने पनि आशङ्का गरिएको छ ।