भारतमा लाेकसभा चुनाव सम्पन्न, बिहीबारबाट मतगणना गरिने

नयाँ दिल्ली ६ जेठ – भारतमा लाेकसभा चुनाव आइतबार सम्पन्न भएको छ ।

सातौं चरणको लाेकसभा चुनावमा ६१.१३ प्रतिशतले मतदान गरेकोे निर्वाचन आयोगले अनुमान गरेको छ ।

चन्डीगढ र सात राज्यका ५९ सीटका लागि आइतबार मतदान भएका थिए । एक महिनाभन्दा बढी समय अवधि लगाएर सम्पन्न चुनावमा करिब ९० करोड भारतीय मतदाता मतदानका लागि योग्य रहेका थिए ।

दश लाख मतदान केन्द्र चुनावका लागि तोकिएको थियो । मे २३ पछि मत परिणाम सार्वजनिक गर्ने तालिका निर्वाचन आयोगको रहेको छ ।

यस चुनावमा राहुल गान्धीको दल भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसीभ एलाएन्स (युपीए) र मोदीको दल भारतीय जनता पार्टीले नेतृत्व गरेको नेशनल डेमोक्रेटिक एलाएन्स (एनडिए) बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको विभिन्न सर्वेक्षणले देखाएका छन् ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..