
काठमाडौ । मुम्बई इन्डियन्सले आइपीएलमा रोएल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गरेको छ ।
जितपछि ८ खेलबाट १० अङ्क जोडेको मुम्बई अङ्क तालिकाको तेस्रो स्थानमा उक्लेको छ । दिल्ली क्यापिटल्सको पनि समान १० अङ्क रहे पनि रनरेटमा दिल्ली अगाडि छ ।
यस सिजनमा सातौँ हार बेहोरेको बैंगलोर भने ८ खेलबाट २ अङ्कका साथ पुछारमा छ । घरेलु मैदानमा मुम्बईले १७२ रनको लक्ष्य १९ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।
मुम्बईका लागि क्वेन्टन डे ककले सर्वाधिक ४० रन बनाउनुभयो । हार्दिक पाण्ड्याले १६ बल खेल्दै ५ चौका र २ छक्काको मद्दतमा नटआउट ३७ रन बनाउनुभयो । बैंगलोरका युजभेन्द्र चाहाल र मोइन अलीले २/२ विकेट लिनुभयो ।
टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले एबी डेभिलियर्स र मोइन अलीको अर्धशतक मद्दतमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो ।