भागेर बिहे गरेका प्रेमी प्रेमिका १५ दिनपछि फर्के, गाउँलेले १ घण्टा कुखुरा बनाए

केही ठाउँमा आज पनि प्रेमविवाह गर्ने युवा युवतीलाई दोषी मानिन्छ । त्यहाँको समाजले उनीहरुलाई विभिन्न किसिमको सजाय पनि दिने गर्छ । यस्तै एउटा रोचक भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ ।

भिडियोमा प्रेमी प्रेमिका कुखुरा बनेको देख्न सकिन्छ । यो भिडियो उत्तर प्रदेशको प्रतापगढको भएको बताइएको छ । उनीहरुलाई सजाय दिन गाउँलेहरुले उनीहरुलाई कुखुरा बन्ने उर्दी जारी गरेको हो ।

यी दुईलाई गाउँलेको अगाडि १ घण्टासम्म कुखुरा बन्ने सजाय दिइयो । प्रेमिका ३ सन्तानकी आमा भएको बताइएको छ । उनी १५ दिनदेखि प्रेमीको साथमा फरार थिइन् । दुई दिन पहिले उनी फर्किन् तर परिवारले उनलाई अपनाउन अस्वीकार गरे । त्यसपछि पञ्चायत बोलाइयो । प्रधान पञ्चले त्यहाँ उनीहरुलाई कुखुरा बन्ने सजाय सुनाए ।

उनीहरुले पनि सजाय स्वीकार गरेपछि उनीहरुलाई गाउँलेको अगाडि घण्टा कुखरा बनाइयो । सजायपछि दुवैले आफूहरुले बिहे गरेको र सँगै बस्ने भनेपछि दुवैको परिवारले पनि अनुमति दिएको बताइएको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..