भिभिआइपी हेलिकप्टर खरिदः साढे १४ करोड अतिरिक्त व्ययभार

काठमाडौ । नेपाली सेनाको भिभिआइपी मिडियम हेलिकप्टर अगस्टा वेस्टल्यान्डको खरिद गर्दा साढे १४ करोड अतिरिक्त व्यवभार थपिएको छ ।

हेलिकप्टर खरिदको आर्थिक प्रस्ताव स्वीकृतिमा ढिलाइ भएकाले अतिरिक्त व्ययभार व्योहोर्नु परेको हो ।

२०७४ कात्तिक ३० मा हेलिकप्टर खरिदका लागि सम्झौता भए पनि प्रतीतपत्र खोल्ने प्रयोजनका लागि राष्ट्र बैंकलाई माघ १० गते एक अर्ब ७० करोडको चेक पठाइएको थियो । तर रकम अपुग भएका कारण कारबाही अघि नबढाइएकाले २०७५ वैशाख २० मा १९ करोड १८ लाख थप गरिएको थियो । नागरिक दैनिकमा खबर छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..