मेलम्चीको समस्या छिट्टै समाधान हुनेः खानेपानी मन्त्री मगर

काठमाडौ । खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अघि बढाउन देखिएको समस्या छिट्टै समाधान गर्ने दाबी गर्नुभएको छ ।

आज काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १४ औं वार्षिकोत्सव कार्यक्रममा उहाँले मेलम्ची खानेपानी आयोजनाको उचित व्यवस्थापन हुनेगरी अन्य कामलाई अघि बढाउन पनि मातहतका निकायलाई सचेत गराउदै यस्तो बताउनुभएको हो ।

मन्त्री मगरले काठमाडौं उपत्यकामा रहेका ढुंगेधारा, तलाउ, पोखरीहरुको संरक्षणको काममा जुट्न पनि मातहतको निकायलाई निर्देशन दिनुभएको छ । उहाँले काठमाडौं उपत्यकामा खानेपानीको व्यवस्थापनको काममा खटिएका निकायले त्यसको सदुपयोग भए÷नभएको विषयमा विशेष निगरानी राख्नुपर्ने आवश्यकता पनि औल्याउनुभयो ।

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले गुणस्तरीय खानेपानीको व्यवस्थापन हुने गरी आवश्यक मापदण्डसहितको कानुन निर्माणको कामलाई अघि बढाइएको जानकारी गराउनुभयो ।

उहाँले जनताको स्वच्छ खानेपानी पिउने अधिकारलाई सुरक्षित गराउन आवश्यक प्रविधि भित्र्याउनुपर्नेमा जोड दिनुभयो ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..