गृहसचिव र प्रहरी महानिरीक्षकलाई गृहमन्त्रीको पुरस्कार

काठमाडौ । बेरुजु फर्छ्यौटमा उत्कृष्ट काम गरेको भन्दै गृह सचिव प्रेमकुमार राई र नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल पुरस्कृत हुनुभएको छ ।

गृहमन्त्रालयमा आज एक कार्यक्रमका बीच गृहमन्त्री रामबहादुर थापाले उहाँहरुलाई नगद तथा प्रशंसापत्र प्रदान गर्नुभएको हो । बेरुजु फर्छ्यौटमा उत्कृष्ट भएकोमा गृह मन्त्रालयमा सचिव राई, नेपाल प्रहरी महानिरीक्षक खनाललाई आठ हजार रुपैयाँ नगद एवम् प्रशंसापत्र प्रदान गरिएको हो ।

त्यस्तै गृह मन्त्रालयका उपसचिव शिवनाथ पौडेल, लेखा अधिकृत फइन्द्रकुमार श्रेष्ठ, शालिकराम पराजुली, लेखापाल नरबहादुर कुँवरलाई ६ हजार रुपैयाँसहित प्रशंसा पत्र प्रदान गरिएको छ ।

कार्यक्रममा गृहमन्त्री थापाले पुरस्कृत व्यक्तित्वलाई बधाई दिँदै पुरस्कारले अन्य मन्त्रालयलाई पनि राम्रो काम गर्न प्रेरणा दिने बताउनुभयो ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..