विद्युतीय कारोबार ऐनका दफा खारेज गर्न पत्रकार महासंघको माग

काठमाडौ । पत्रकार महासंघले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटक पटक पक्राउ गर्ने क्रम बढेको भन्दै उक्त दफा खारेजीको माग गरी धर्ना दिएको छ ।

आज देशैभरी पत्रकाहरुले दफा खारेजीको माग गर्दै धर्ना दिएका हुन् । नेपाल पत्रकार महासंघ काठमाडौँको अगुवाइमा देशभर पत्रकारले प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि आज एक घण्टा धर्ना दिएका हुन् ।

पत्रकारले बिहीबार दिउँसो १२ देखि १ बजेसम्म धर्ना दिएका हुन् । काठमाडौँ शाखाले पत्रकारमाथि भएको धरपकड रोक्नुपर्ने लगायत माग राख्दै प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत् गृहमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएको छ ।

पत्रकार महासंघले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटक पटक पक्राउ गर्ने क्रम बढेको छ भन्दै उक्त दफा खारेजीको माग गर्दै देशभर संघर्षका कार्यक्रम चलाएको छ । महासंघले प्रेस स्वतन्त्रताको माग गर्दै भोलि गृह र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ज्ञापनसमेत बुझाउने भएको छ ।

यसैबीच, पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा भएका छन् । साइबर अपराध मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका गिरीलाई काठमाडौं जिल्ला अदालतमा जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजालसले तारेखमा रिहा गर्ने आदेश दिएको हो । ठगीसम्बन्धी समाचार लेख्दा विपेन्द्रराज बतासले दिएको जाहेरीमा गिरी पक्राउ पर्नुभएको थियो ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..