तरकारी खेती : किसानले भनेजति मूल्य पाउँदैनन्, उपभोक्ताले बढी तिर्नुपर्ने बाध्यता किन ?

पर्वत । फर्सेका करिब ५० परिवारको जीवन गुजाराको आधार तरकारी खेती हो । स्थानीय तुलबहादुर खत्रीले व्यवसायिक रुपमा तरकारी खेती गर्न थालेको २२ वर्ष भयो ।

शुरुका केहि वर्ष डोकोमा बोकेर बजारका घरघरै पु¥याउने उहाँको बानी अहिले घरनजिकै सडक आएपछि बदलिएको छ । तर, तरकारी बेचेर आउने पैसाले कृषिमा गरेको लगानी नै उठ्न मुस्किल परेको उहाँको गुनासो छ ।

बिचौलियाकै कारण किसानले भनेजति मूल्य पाउँदैनन् भने उपभोक्ताले बढि मूल्य तिर्नु परेको गुनासो गर्छन् । पर्वतमा किसानले उत्पादन गरेको तरकारीले भाउ पाएको छैन । तर त्यहि तरकारी बिचौलियाले व्यापारीसम्म पु¥याएर सजिलै बेच्छन् ।

जिल्लामा भारतबाट समेत तरकारी आयात हुन्छ । कुश्मा नगरपालिका ८ चुवाका कृष्णप्रसाद भुवाली बजारका थोक बिक्रेताहरुले भारतिय बजारको तरकारी ल्याएर यहाँको उत्पादनसँग प्रतिस्पर्धा गराउँदा त्यसको झन् बढि असर परेको बताउनुहुन्छ ।

विचौलियाले किसानसँग थोकमा किनेको तरकारी थोकमै बेच्दा पनि ४ गुणासम्म नाफा कमाउँछन् । किसानले अहिले बन्दा र मुला प्रति किलो १० रुपैयाँ, आलु, गाँजर र काउली प्रति किलो ३० रुयैयाँ पाउँछन् । तर, व्यापारीले प्रति किलो ४ गुणासम्म फाइदा लिएर बेच्ने गरेको स्थानीय किसान ईश्वरीप्रसाद भुसालले बताउनुभयो ।

वर्षभरि मेहनत गरेर उत्पादन गरेको तरकारी बिचौलिया मोटाउने आधार मात्रै भएको किसानको गुनासो छ । वरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मी यो समस्या देशैभरिको समस्या रहेको हुनाले राज्य स्तरबाट स्थानीय उत्पादनलाई प्रसय दिने कार्यक्रम चलाउनुपर्ने आवश्यकता औंल्याउनुहुन्छ ।

बिचौलियाका कारण तरकारीले मूल्य नपाएपछि चितवन र धादिङका किसानले खेतमै ट्रयाक्टर लगाएर तरकारी पुरेका थिए । पर्वतमा पनि अवस्था त्यस्तै रहेको किसानहरु बताउँछन् ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..