छाउपडी प्रथा हटाउन बाजुराका किशोरीको अभियान

बाजुरा । सरकारले छाउपडी प्रथालाई अपराधकै रुपमा व्याख्या गर्दै यस विरुद्धमा कानुन पनि बनाएको छ । तर अझै पनि सुदुरपश्चिमका केही जिल्लाहरुमा छाउपडी प्रथा कायमै छ ।

बाजुराका किशोरीहरु भने छाउपडि प्रथा हटाउन अभियानमा जुटेका छन् । बाजुरा, मार्तडीका कमला रावल १३ वर्षको हुनुभयो । उहाँको महिनावारी सुरु भएको ३ बर्ष भयो । घर, छिमेकमा आमा, दिदी बहिनी महिनावारी हुँदा छुट्टै बस्छन् ।

तर उहाँलाई यो चलन राम्रो लाग्दैन । कक्षा ९ मा पढ्दै गर्नुभएका कमलालाई थाहा छ, महिनावारी कुनै पाप वा अपराध होइन नियमित प्रक्रिया हो । त्यसैले महिनावारीका समयमा गोठमा होइन घरमा नै बस्नुपर्छ भन्ने पक्षमा उहाँ हुनुहुन्छ ।

उहाँ छाउपडि प्रथालाइ निर्मुल पार्ने अभियानमा सक्रिय हुनुहुन्छ । कमलाजस्तै धनी रावल पनि विद्यालय तहमै पढ्नुहुन्छ । महिनावारी महिलामा हुने नियमित प्रक्रिया हो । उहाँलाइ पनि लाग्छ, छाउ मान्नु घरपरिवार र समाजले बनाएको गलत परम्परा हो ।

त्यसैले महिनावारीका समयमा उहाँ आफ्नो सरसफाइ र स्वास्थ्यमा ध्यान दिनुहुन्छ । अनि अरुलाई पनि सरसफाइमा ध्यान दिन सुझाव दिनुहुन्छ । महिनावारी हुँदा पोषिलो खानेकुरा खानुपर्ने र आराम गर्नुपर्ने भएपनि सुदुरपश्चिममा दहि, दुध खान नहुने,अरुलाई छुन नहुने, मन्दिर जान नहुने, परम्परा छ ।

अर्का किशोरी सरिता रावलले आफ्नो अभिभावक र परिवारलाइ यो कुरा गलत भएको भन्दै संझाउने गर्नुभएको छ । किशोरीहरुले छाउपडि विरुद्ध आफू र आफ्नो परिवारबाटै सुरु गरेको यस्तो अभियानको सकारात्मक छाप पनि परेको छ ।

कमला, धनी र सरिता जस्ता किशोरीहरु अहिले छाउपडिका बारेमा रहेको गलत मान्यतलाई परिवर्तन गर्न सचेतना अभियानमा लागेका छन् । उनीहरुले महिनावारी भएको बेला पोषिला खानेकुरा खान, सरसफाईमा विशेष ध्यान दिन र केही समस्या आए आफूहरुसँग सरसल्लाह गर्न पनि साथीहरुलाई भन्ने गरेका छन् ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..