भारतमा माओवादीद्वारा निर्वाचन अधिकारीको हत्या

ओडिसा । भारतको पूर्वीराज्य ओडिसामा एक महिला निर्वाचन अधिकारीको हत्या भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार ती महिला अधिकारीलाई सन्दिग्ध माओवादीले हत्या गरेका हुन् ।

संजुक्ता दिगल नाम गरेकी ती अधिकारी मतदान केन्द्रतिर जाँदै गर्दा उनको गाडीमा माओवादी आक्रमण भएको बताइएको छ ।

ओडिशाको कन्धमालमा आज सबेरै दिगलको गाडीमा माओवादीले विस्फोटक पदार्थ राखिदिएको बताइएको थियो । तर, उनी विस्फोटनबाट जोगिएपनि पछि उनलाई गोली हानिएको थियो । उनीसँगै यात्रा गरिरहेका अन्य अधिकारी भाग्न सफल भएका थिए ।

विश्वकै ठूलो मानिएको निर्वाचनअन्तर्गत भारतमा ओडिशासमेत १२ राज्य र केन्द्रशासित एउटा क्षेत्रमा आज दोस्रो चरणमा मतदान भइरहेको छ । दोस्रो चरणको मतदानबाट ९५ सांसद् छानिने छन् ।

दोस्रो चरणमा असम, बिहार, छत्तीसगढ, जम्मू–कश्मीर, कर्नाटक, महाराष्ट्र, मणिपुर, ओडिशा, पंडुचेरी, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश तथा पश्चिम बंगालका निर्वाचन क्षेत्रमा मतदान हुँदैछ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..