
काठमाडौ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत घोराहीमा भइरहेको महिला फुटबलमा आज पनि प्रदेश २ विजयी भएको छ ।
घोराहीको भरतपुर मैदानमा भएको बिहानको खेलमा प्रदेश ५ लाई एकका विरुद्ध तीन गोल पराजित गर्दै प्रदेश २ विजयी भएको हो । खेलको पहिलो हाफमा प्रदेश २ का रजनी थोकरले ३५ औं मिनेटमा गोल गर्नुभएको थियो ।
यसैगरी दोस्रो हाफमा प्रदेश २ का दिलकुमारी राना मगरले २८ औं मिनेटमा गोल गर्नुभएको थियो । थोकरले ४१ औं मिनेटमा गोल गरेर प्रदेश २ लाई विजयी बनाउनुभएको थियो । प्रदेश ५ का ममता पुन मगरले दोस्रो हाफको २५ औं मिनेटमा एक गोल गर्नुभएको थियो ।
दोस्रो खेल अहिले प्रदेश नं. ३ र ७ बीच भइरहेको छ । हिजोको उद्धघाटन खेलमा पनि प्रदेश २ ले सुदूरपश्चिमलाई शुन्यका विरुद्ध ४ गोल गर्दै विजय हासिल गरेको थियो ।