यस्ता छन् मन्त्रिपरिषदले गरेका निर्णयहरु (निर्णयहरुसहित)

काठमाडौँ । सरकारले सचिवहरुको बढुवा तथा पदस्थापन गरेको छ । चैत २ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रशासन सेवाको समुहीकरण (क्ल्स्टर) तर्फको राजपत्रांकित विशिष्ट श्रेणिको पदमा राजपत्राङकीत प्रथम श्रेणीका सहसचिव हरिप्रसाद बस्याललाई बढुवा गरेको हो ।

उनलाई बढुवासँगै पोखरास्थित गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको प्रमुख सचिवका रुपमा पदस्थापन गरेको छ । त्यस्तै, सरकारले सचिव केवल भण्डारीलाई कर्णली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको प्रमुख सचिवमा पदास्थपन गरेको छ सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयका सचिव चन्द्र घिमिरेलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पदस्थापन गरेको छ भने कर्णाली प्रदेशको मुख्यमनत्री तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव रामप्रसाद थपलियालाई स्वास्थ्य मन्त्रालयको सचिवमा पदस्थापन गरेको छ ।

प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालका प्रमुख सचिव केदार न्यौपानेलाई काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र महानगरका यादव कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मनत्रालयको सचिवको जिम्मेवारी दिएको छ ।

त्यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुरेश अधिकारीलाई कायममुकायम गरी प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको प्रमुख सचिवमा पदस्थापन गरिएको छ ।

यसैगरी, अतिरिक्त समुहमा सचिव रहेका हरि पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा र राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पदस्थापन गरिएको छ ।

यसैगरी, सरकारले खानेपानी तथा सरसफाई सम्बन्धमा व्यवस्था गर्न बनेकाे विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..