प्रतिरक्षा विश्वविद्यालय सञ्चालनको तयारी गर्दै नेपाली सेना

काठमाडौ । नेपाली सेनाले सञ्चालन गर्ने विभिन्न तालिम तथा प्रशिक्षणमा विदेशी सेनाको आकर्षण बढ्दै छ। यो आकर्षणसँगै सेनाले प्रतिरक्षा विश्वविद्यालय (एनडीयू) सञ्चालनको तयारी पनि गरेको छ।

विगत आठ वर्षको अवधिमा २० देशका ७६३ सैनिकले नेपाली सेनाले सञ्चालन गरेको तालिम पूरा गरेका छन्। नेपाली सेनाले काभ्रेको पाँचखालमा यूएन शान्ति कार्य, बाराको अमलेखगञ्जमा जङ्गल वारफेयर (युद्धकला), मुस्ताङमा माउण्टेन वारफेयर, काठमाडौँको शिवपुरीमा कमाण्ड तथा स्टाफ कलेज र भक्तपुरको खरिपाटीमा अधिकृत क्याडेट तालिम सञ्चालन गर्दै आएको छ।

तीमध्ये प्यारा जम्प, रेञ्जर (कमाण्डो), विपद् व्यवस्थापन तथा प्रतिआतङ्कवादसँग सम्बन्धित् सैनिक अभ्यसमा चीन, भारत र अमेरिकी सेनाको एसिया प्यासेफिक कमाण्डसँग संयुक्त रूपमा सञ्चालन हुँदै आएको छ। सैनिक तालिम, प्रशिक्षण र अभ्यासप्रति विभिन्न राष्ट्रका सेनाको सहभागिता प्रत्येक वर्ष बढ्दै गएको सेनाले जनाएको छ।

नेपाली सेनाले २०६७ सालबाट विभिन्न सैनिक तालिम केन्द्र तथा प्रतिष्ठानमा सञ्चालित प्रशिक्षणमा विदेशी सेनालाई सहभागी गराउने निर्णय गरेको थियो। यो निर्णयसँगै विदेशी सेनाका लागि नेपालको भू–बनोट, हावापानी र प्रशिक्षण आकर्षक तथा प्रभावकारी बन्दै गएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, कमाण्ड तथा स्टाफ कलेजबाट ७९, सैनिक तालिम प्रतिष्ठान खरिपाटीबाट २४, माउण्टेन वारफेयरबाट २७७, जङ्गल वारफेयरमा ६२, प्यारा २१ र शान्तिकार्य तालिम केन्द्र पाँचखालबाट २९० जना विदेशी सैनिकले प्रशिक्षण लिइसकेका छन्।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..