नजिकै स्वास्थ्य संस्था नहुँदा समस्या

बझाङ्ग । बझाङ्गको साइपाल गाउँपालिकामा वडा नम्बर पाँचमा स्वास्थ्य संस्था नहुँदा स्थानीयलाई समस्या भएको छ ।

स्वास्थ्य संस्था नहुँदा स्थानीयले हरेक रोगको उपचार जडिबुटीबाटै गर्ने गरेका छन् । साइपाल गाउँपालिकाबाट काँडा स्वास्थ्य चौकी पुग्न चार घण्टा भन्दा बढि लाग्ने भएपछि स्थानीयले जडिबुटिकै भरमा उपचार गर्ने गरेका छन् ।

जुनसुकै रोगको उपचार पनि जडिबुटिबाट गर्दा रोग निको हुन निकै समस्या लाग्ने गरेको स्थानीयको गुनासो छ ।

काँडा स्वास्थ्य चौकी जानको लागि जंगलको बाटो भएकाले समस्या भएको स्थानीयको भनाई छ । नजिकै स्वास्थ्य चौकी भएमा सामान्य चोटपटक लाग्दा पनि महिनौं सम्म समस्या झेल्नुपर्ने समस्या कम हुने उनीहरुले बताएका छन् ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..