सामुदायिक चिकित्सा अध्ययन क्याम्पस बन्द हुँदा, भौतिक संरचना उपयोगविहीन

धनकुटा । धनकुटाको सामुदायिक चिकित्सा अध्ययन क्याम्पसको बन्द भएपछि विद्यार्थीहरु निजी क्याम्पसमा महँगो शुल्क तिरेर पढ्न बाध्य भएका छन् ।

दाताले सहयोग गर्न छोडेसँगै पठनपाठन बन्द भएपछि विद्यार्थीहरु निजी क्याम्पसमा पढ्न बाध्य भएका हुन् । क्यानडाको करिब आठ करोड अनुदान सहयोगमा २०३८ सालमा निर्मित सामुदायिक चिकित्सा अध्ययन क्याम्पसमा पूर्वका १६ वटै जिल्लाबाट प्रतिस्पर्धा गराई कोटा प्रणालीमा विद्यार्थी भर्ना गर्ने प्रावधान रहेको थियो ।

हरेक वर्ष एक सय २० जनाले सामुदायिक चिकित्सा सहायक उत्पादन हुने गरेका थिए । यससँगै ४५ रोपनीमा फैलिएको क्याम्पसका भूकम्प प्रतिरोधी सुविधा सम्पन्न भवन तथा फर्निचर नाँसिदै गएका छन् ।

केही भवनलाई धनकुटा बहुमुखी क्याम्पसका विद्यार्थी, प्राध्यापक र कर्मचारीले आवास बनाएको भएपनि बाँकी पूर्वाधार सामग्री सदुपायोग गर्न नसकिएको धनकुटा बहुमुखी क्याम्पस धनकुटाका उपप्राध्यापक, किरण घिमिरेले जानकारी दिनुभयो ।

दाताको पैसा आउँदासम्म संस्था चलाउने त्यसपछि भने आवश्यकता र मागलाई समेत ख्याल नगर्ने सरकारी प्रवृतिको नमूना चिकित्सा क्याम्पस बनेको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..