भिटामिन ए र जुकाको औषधी ख्वाउने कार्यक्रममा बेवास्ता

पर्वत । पर्वतका स्थानीय तहले भिटामिन ए क्याप्सुल र जुकाको औषधी ख्वाउने कार्यक्रमलाई बेवास्ता गरेको पाइएको छ ।

जिल्ला अस्पतालबाट स्थानीय तहमा स्वास्थ्यको अधिकार स्थानान्तरण भएपछि भिटामिन ए र जुकाको औषधी ख्वाउने जिम्मा स्थानीय तहको हो । तर, स्थानीय तहले राष्ट्रिय भिटामिन ए र जुकाको औषधी ख्वाउने कार्यक्रमको प्रचारप्रसार, सूचना प्रवाह लगायतका विषयमा कुनै वास्ता गरेका छैनन् ।

आज र भोली दुई दिन औषधी ख्वाउने कार्यक्रम रहेपनि कुश्मा नगरपालिका वाहेक अन्य स्थानीय तहले स्थानीय एफएम, पत्रपत्रिकामा सूचना प्रसारण र प्रकाशन नगरेपछि लक्षित वर्ग सम्म जानकारी पुग्न नसकेको हो । औषधी ख्वाउने सुचना रेडियो सुनेर र पत्रिका हेरेर थाहा पाउने नागरिकहरु रेडियोमा नसुन्दा र पत्रिकामा सुचना प्रकाशन नहुँदा औषधी ख्वाउन अनभिज्ञता प्रकट गरेका छन् ।

साविक जिल्ला स्वास्थ्य कार्यालयले यस्ता राष्ट्रिय कार्यक्रमको एक महिनादेखि नै सूचना प्रवाह गर्थे । सञ्चारमाध्यममा सूचना नसुनेपछि भिटामिन ए र जुकाको औषधी ख्वाउने कार्यक्रमका बारेमा केहि थाहा नभएको विहादीकी गंगा पराजुलीले बताउनुभयो । जिल्लाका ७ स्थानीय तहमै स्वास्थ्य शाखा रहेका छन् ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..