नेपालको पानी किन्न कतार इच्छुक, दुई देशको सहमति आवश्‍यक

काठमाडौ । १९ चैतमा नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अल हेलले खानेपानीमन्त्री विना मगरलाई भेटे । उनीहरूबीच खानेपानी प्रशोधन/उत्पादन र बजारीकरणका विषयमा छलफल भयो ।

राजदूत हेलले नेपालको खानेपानी कतार लैजान सकिने बताएका थिए । उनले नेपालको पानी सफा र स्वच्छ भएकाले कतार राम्रो बजार बन्न सक्ने बताएका थिए । ‘हामीलाई तेल र ग्यासको अभाव छैन, तर शुद्ध पिउने पानीको अभाव छ । त्यसैले नेपालको पानी कतार लैजान दुई देशबीच सहमति गर्न आवश्यक छ,’ उनले भनेका थिए ।

राजदूत हेलसँगको भेटपछि खानेपानी निर्यातका विषयमा मन्त्री मगर उत्साहित भइन् । उनले खानेपानी विभागलाई सम्भावित स्थान पहिचान गर्न निर्देशन दिइन् । नयाँ पत्रिका दैनिकमा खबर छ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..