राजपा नेपालको आज स्थापना दिवस यसरी मनाउँदै

काठमाडौ । राष्ट्रिय जनता पार्टी नेपालले आज आफ्नो पहिलो स्थापना दिवस मनाउँदैछ ।

स्थापनाको एक वर्ष पुरा भएको अवसरमा राजपा नेपालले आज विशेष कार्यक्रमको आयोजना समेत गरेको छ । विभिन्न समुहमा रहेका ६ वटा मधेशवादी दललाई समेट्दै गतवर्ष वैशाख ७ गते राष्ट्रिय जनता पार्टी नेपालको स्थापना भएको थियो ।

दिउँसो ३ बजे राजधानीको एक होटलमा हुने कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु तथा विभिन्न पार्टीका शीर्ष नेताहरु, विदेशी कुटनीतिक नियोगका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ ।

यसैबीच भोलिबाट गर्ने भनिएको राजपा राजनीतिक समितिको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर भारतको नयाँ दिल्लीमा उपचाररत रहेकाले बैठक स्थगित गरिएको हो ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..