कर्णाली प्रदेशलाई लक्षित गरी कृषि क्षेत्र विकास कार्यक्रम सुरु

काठमाडौ । कर्णाली प्रदेशलाई लक्षित गर्दै कृषि क्षेत्र विकास कार्यक्रमको औपचारिक उद्घाटन गरिएको छ ।

हिजो कृषि तथा पशुपन्छि विकास मन्त्री चक्रपाणी खनालले यो कार्यक्रमको औपचारिक उद्घाटन गर्नूृभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खनालले कर्णाली प्रदेशको विकासको लागि राज्यले विभिन्न योजना बनाएको बताउनु भयो । यो कार्यक्रमलाई सबै किसानहरु समक्ष पुराउने र कर्णाली प्रदेशको कृषि विकासमा टेवा पुग्ने मन्त्री खनालको भनाई छ ।

कर्णाली प्रदेशलाई लक्षित गरी सुरु भएको यो परियोजनाले कर्णाली प्रदेशको गरिबी तथा पोषण असुरक्षा न्युनिकरण गर्ने कार्यक्रमका संयोजक राजेन्द्र भारीले जानकारी दिनुभयो । नेपालको दिगो विकास लक्ष्य अन्तरगत शून्य गरिबी र शून्य भोकमरी प्राप्तीमा योगदान पुराउनु पनि कार्यक्रमको मुख्य उदेश्य भएको उहाँको भनाई छ ।

कृषिको व्यवसायिकरण र बजारमुखी उत्पादनको व्यवस्थापन गर्न सहयोग गर्ने यो कार्यक्रमले कर्णाली प्रदेशको कृषि क्षेत्रको विकासमा टेवा पुग्ने देखिएपनि स्थानीय तहसँग समन्वय गरी कार्यक्रमलाई प्रभावकारी बनाउनु चुनौतिपूर्ण भएको कृषि बजार विज्ञ संञ्जिब श्रेष्ठले कान्तिपथ डट कमसँग बताउनु भयो । कार्यक्रमले नाफा मुलक र जलवायु अनुकुलित मूल्य र बाली वस्तुहरुलाई प्राथमिकता दिनेछ ।

स्याउ बेमौसमी तरकारी,तरकारी बीउ,अदुवा,अमिलो जातको फलफूल लगाएत कर्णाली प्रदेशमा पाईने बालीलाई व्यवसायीकरणको लागि सहयोग गर्ने बताइएको छ । कर्णाली प्रदेशका नागरिकले वर्षेनी खेप्दै आएको खाद्यान्न अभावको समस्या समाधानमा यो कार्यक्रमले सहयोग गर्ने विश्वास लिईएको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..