
काठमाडौ । सरकारले अवैध हतियार बुझाउन दिएको समयसीमाभित्र प्रहरीमा दुई सय ३५ हतियार संकलन भएका छन् ।
गएको चैत्र १ गतेदेखि अहिलेसम्म दुई सय ३५ हतियार संकलन भएको नेपाल प्रहरीले जनाएको छ ।
संकलित हतियारमध्ये एक सय ७१ वटा वैध रहेको र ८८ वटा अवैध हतियार संकलन भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले कान्तिपथ डट कमलाई जानकारी दिनुभयो ।