मार्तडीका किशोरीहरु छाउपडीविरुद्धको अभियानमा

बाजुरा । बाजुराको मार्तडिका किशोरीहरु छाउपडि प्रथा हटाउने अभियानमा जुटेका छन् ।

महिनावारी भएको समयमा छुट्टै छाउगोठमा बस्ने कुप्रथाको अन्त्य गर्न किशोरीहरु अभियानमा जुटेका हुन् । महिनावारी कुनै पाप वा अपराध नभई नियमित प्रक्रिया भएकाले यो समयमा घरमा नै बस्नुपर्ने भन्दै किशोरीहरुले अभियान चलाईरहेका छन् ।

महिनावारीको समयमा सरसफाई र खानेकुरामा विशेष ध्यान दिनुपर्ने तर छाउगोठमा बस्न नहुने भन्दै किशोरीहरुले जनचेतनामुलक कार्यक्रम पनि गरिरहेका छन् ।

उनीहरुले महिनावारी भएको बेला पोषिलो खानेकुरा खान,सरसफाई गर्न र केही समस्या आए आफुहरुसंग सरसल्लाह गर्न पनि साथीहरुलाई आग्रह गर्दै आएका छन् ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..