पथरीमा कन्सर्ट हेर्न गएकी महिला नग्न अवस्थामा मृत भेटिइन्, बलात्कारपछि हत्या भएकाे आशंका

मोरङ । मोरङको पथरी शनिश्चरे १ की २९ बर्षिया रिना बस्नेत नग्न अबस्थामा शनिबार बिहान मृत फेला परेकी छिन ।

शुक्रबार राति पथरीमा आयोजित कन्सर्ट हेर्न कोठाबाट निस्किएकी उनी शनिबार बिहान नग्न अबस्थामा घोप्टो परेको मर्निङ वाक गर्ने स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनका श्रीमान बैदेशिक रोजगारीमा रहेका छन । उनी १४ बर्षिया छोराको साथमा पथरीमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी थिईन ।

पसल अगाडी घोप्टो परेको अबस्थामा नाङगै उनी लडिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको शव नजिकै रगत समेत बगेको देखिएको छ । उनको बलात्कार पछि हत्या भएको प्रहरीले आशंका गरेको छ । घटनाको अनुसन्धान भईरहेको र सो स्थानमा प्रहरी पुगेर अनुसन्धान शुरु गरेको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..