प्रेस युनियन युरोप संयोजकमा सञ्जय कँडेल

काठमाडौं । नेपाल प्रेस युनियन युरोप तदर्थ समितिको संयोजकको जिम्मेवारी सञ्जयभक्त कँडेललाई दिइएको छ ।

बेलायत र युरोपलाई कार्यक्षेत्र बनाएर पत्रकारितामा सक्रिय भएर लागिरहेका कँडेललाई प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलको प्रस्तावमा महासचिव अजयबाबु शिवाकोटीले युरोप संयोजकको जिम्मेवारीको प्रमाण पत्र दिएका हुन् । केही साताअघि सम्पन्न बेलायत शाखाको प्रथम अधिवेशन सफल गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका उनलाई युरोपका सबै देशहरुमा संगठन विस्तार गरी यथाशक्य अधिवेशन गर्न भनिएको छ । कँडेल प्रेस युनियन बेलायतको संस्थापक सहसंयोजक रहिसकेका छन् ।

दर्पणसंसार डटकमका प्रधानसम्पादक तथा पत्रकार महासंघ बेलायतको महासचिव रहेका कँडेल विगत लामो समयदेखि प्रवासमा रहेर पत्रकारिता गर्दै आइरहेका छन् । नेपाल समाचारपत्रको बेलायत प्रतिनिधिसमेत रहेका उनी बेलायतस्थित नेपाली दूतावासले मनाउन गइरहेको ‘भिजिट नेपाल–२०२०’ समारोहको प्रचार–प्रसार विभागका सहसंयोजकसमेत हुन् ।

कँडेलले युरोपका अन्य देशका पत्रकारहरूलाईसमेत समेटेर तत्काल तदर्थ समितिको घोषणा गर्ने बताए । प्रेस युनियन नेपालमा अन्तर्रा्ष्ट्रिय पत्रकार महासंघको पहिलो सदस्य संस्था हो ।

देश तथा विदेशमा गरी नेपाल कांग्रेसनिकट प्रेस युनियनमा १० हजार बढी पत्रकारहरु आवद्ध छन् । केन्द्रीय महाधिवेशनको तयारीमा रहेको युनियनको २८ वर्षे इतिहासमा आफूहरु पहिलोपटक विदेश शाखाहरु विस्तारकाक्रममा रहेको महासचिव शिवाकोटीले जानकारी दिए । युनियनको युएई र बेलायतमा अधिवेशन सम्पन्न भइसकेको र क्रमशः अन्य देशमा संगठनको विस्तारकाक्रममा रहेकोसमेत उनले बताए ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..