आपुर्ति मन्त्रीले भने–निर्यात प्रवर्द्धनका लागि सरकारले सघाउँछ

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनका लागि निजी क्षेत्रलाई सहयोग गर्न सरकार तत्पर रहेको बताउनुभएको छ ।

नेपाल पश्मिना उद्योग सङ्घको शुक्रबार ललितपुरमा भएको १८औँ वार्षिक साधारणसभामा उहाँले पश्मिनालगायत निर्यातजन्य वस्तुको निकासी बढाउन निजी क्षेत्र सशक्त रुपमा लाग्नुपर्ने सुझाउँदै त्यसमा सरकारले भरमग्दुर सहायता गर्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घजस्ता निजी क्षेत्रका सङ्गठित सङ्घसंस्थालाई निर्यात प्रवद्र्धनमा लाग्न आग्रह गर्दै निर्यातका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको मन्त्री यादवले बतानुभयो ।

वाणिज्य सचिव केदारबहादुर कार्कीले विश्वभर निजी क्षेत्रलाई औद्योगिक विकासको वाहक मानिएको र उक्त क्षेत्रलाई व्यापार–वाणिज्य वृद्धिमा सहजकर्ताका रुपमा सरकारले सघाउँदै आएको सुनाउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले विगतका सरकारले अधिक निकासीकर्ता, करदातालगायतलाई सम्मान गर्दै आएको तर त्यो अहिले टुटेकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले आफूहरू सरकारसँग काँधमा काँध मिलाएर देशको आर्थिक उन्नयनमा लागिपरेको बताउनुभयो ।

सङ्घका अध्यक्ष दुर्गाविक्रम थापाले सन् २०१८ मा रु तीन अर्बको पश्मिना निर्यात भएको जानकारी दिँदै ४७ देशमा च्याङ्ग्रा पश्मिनाको व्यापार चिह्न दर्ता गर्न सङ्घ सफल भएको बताउनुभयो । रासस

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..