विप्लव समूहका केन्द्रीय सदस्यहरु चुडामणि वली र चन्द्रबहादुर खड्का पनि पक्राउ

काठमाडौँ । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्यहरु चुडामणि वली ‘आदर्श’ र चन्द्रबहादुर खड्का ‘असल’लाई प्रहरीले पक्राउ गरेको छ ।

तुलसीपुरबाट शनिबार बिहानै सल्यानतर्फ जान लागेका उनीहरुलाई दाङको तुलसीपुर उपमहानगरपालिका–३, राम्री भन्ने ठाउँबाट बा १८ च ३१४२ नम्बरको जीपबाट गाडीसहित पक्राउ गरिएको हो ।

यस्तै नेकपाकै रोल्पा जिल्ला सदस्य लालबहादुर वली ‘विश्व’लाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय दाङमा राखिएको बताइएको छ ।

यसअघि नै हेमन्तप्रकाश ओलीसहितका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरिसकेको छ। कतिपय जिल्लाका नेता तथा कार्यकर्ताले प्रहरीसामु आत्मसमर्पणसमेत गरिसकेका छन् ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..