कुकुरको इमान्दारिता, मालिक र मालिकको परिवारलाई बचाएर यसरी ज्यान गुमायो

कुकुरको इमान्दारिता स्वामीभक्तिका बारेमा हामी सबैले अनेकन किस्साहरु सुन्दै आएका छौ । यस्तैमा एकपटक भारतको बिहार राज्यअन्तर्गत पर्ने भागलपुरमा कुकुरले मालिकप्रति आफ्नो स्वामीभक्ति प्रदर्शन गरेको छ।

चार पाल्तु कुकुरले मालिक र मालिकको परिवारलाई विशालु सर्प कोब्राबाट बचाउने क्रममा आफ्नो ज्यान गुमाएको छ। यो घटना मंगलबार भएको हो । यो घटना स्पष्टरुपमा सीसीटीभीमा कैद भएको पाइएको छ।

घटनाअनुसार भागलपुरको साहेबगंज कोलनी निवासी चिकित्सक डाक्टर पुनम मोसेसले आफ्नो घरमा चार वटा कुकुर पालेका थिए । कुकुरलाई उनका भाइ बबी मोसेले परिवारका सदस्यलाई झैं पालेका थिए । डाक्टर पुनम मयागंज अस्पतालमा कार्यरत छिन् । उनका अनुसार मंगलबरा सबै कुकुर अचानक भुक्न थाले । केहीबेरपछि उनीहरुको भुकाई कम भयो । बाहिर गएर हेर्दा त सबै कुकुर एउटा सर्पसँग लडिरहेका थिए । र, सर्प घाइते भइसकेको थियो । केहीबेरमै तीन वटा कुकुर बेहोस भएर लडे जबकि एउटा कुकुर लगातार सर्पसँग लडिरह्यो र सर्पलाई मारेर आफ्नो ज्यान पनि गुमायो ।

सीसीटीभी फुटेजका अनुसार डाक्टर पुनमका भाइ बबीले भने कि कोब्रा उनको घरमा प्रवेश गर्न चाहन्थ्यो । तर घरबाहिर कम्पाउन्डमा उनीहरुले सबै कुकुर खुला छोड्ने गरेका थिए । ती कुकुरको नजर कोब्रोमा प¥यो । त्यसपछि उनीहरु एकपछि अर्को गर्दै कोब्रासँग भिड्न थाले ।

यद्यपि सर्पले डसेका कारण सबै कुकुरको मृत्यु भयो । यो सबै घटना घरमा जडान गरिएको एउटा सीसीटीभी क्यामेरामा कैद भयो । डाक्टर पुनमका भाइ बबीका अनुसार सबै कुकुर सानैदेखि यही घरमा बढेहुर्केका हुन् । यसरी सबै कुकुरको मृत्यु भएपछि सबै शोधमा परेका छन् । र, गाउँभरि कुकुरको इमान्दारिता र बहादुरीको चर्चा भइरहेको छ। एजेन्सी

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..