एसीसी यू–१६ : म्यानमारलाई ७ विकेटले हराउँदै नेपाल विजयी

काठमाडौ । नेपालले थाइल्याण्डमा जारी एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । शनिबार भएको पहिलो खेलमा नेपालले म्यानमारलाई सात विकेटले हरायो ।

थाइल्याण्डको चियाङमाई मैदानमा म्यानमारले दिएको ५९ रनको सामान्य विजयी लक्ष्य नेपालले ८.१ ओभरमा तीन विकेको क्षतिमा पूरा गरेको थियो । नेपालको जितमा अर्जुन कुमालले अविजित २६ रन बनाए । सुवास ऐरले ११ रन जोडे । बलिङमा म्यानमारका काउङ क्याले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको म्यानमार १३.२ ओभरमा सबै विकेट गुमाएर ५८ रनमा समेटिएको थियो ।

म्यानमारका काउङ क्याले १९ र क्रिस्टोफरले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्ने सकेनन् । म्यानमारलाई सस्तैमा समेट्न नेपालका कप्तान विशाल विक्रम केसीले चार विकेट लिए । जितसँगै समूह ‘ए’ मा रहेको नेपालले दुई अंक बनाएको छ । नेपालले दोस्रो खेल बुधबार मलेसियासँग खेल्नेछ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..