थ्रीडी प्रिन्टरबाट कृत्रिम मुटु निर्माण गर्न सफल

काठमाडौ । इजरायली वैज्ञानिकहरुले हालै मात्र त्रिआयामिक थ्रीडी प्रिन्टिङ प्रविधिको मद्दतबाट कोशिका र धमनीसहितको मुटु निर्माण गर्न सफलता हासिल गरेका छन् ।

चिकित्सा विज्ञान क्षेत्रमा यसलाई एक महत्वपूर्ण खोजका रुपमा लिएको छ किनभने यसअघि वैज्ञानिकहरुले मानव शरीरको कोषहरु मात्र बनाएका थिए । यसमा धमनी राख्न सकेका थिएनन् । यसको खास विशेषता भनेको यसलाई मानव कोशिकाहरुबाट बनाइएको छ ।

इजरायलको तेल अभिव युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले बनाएको यो मुटु अहिले नै पूर्णरुपमा काम गर्न भने सक्षम छैन । यद्यपि, पहिलोपटक वैज्ञानिक थ्रीडी प्रविधिबाट कृत्रिम मुटु बनाउने दिशामा यति नजिक पुगेका हुन् । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..