तपाईलाई थाहा छ, पञ्चजन्य शंखको रहस्य, थाहा पाएर आश्चर्यमा पर्नुहुनेछ

महाभारतमा कृष्णसँग पञ्चजन्य, अर्जुनसँग देवदत्त, युधिष्ठिरसँग अनन्तविजय, भीष्मसँग पोन्ड्रिक, नकुलसँग सुघोष, सहदेवसँग मणिपुष्पक शंख थियो । सबैको शंखको महत्व र शक्ति फरक फरक थियो ।

शंखहरुको शक्ति र चमत्कारहरुको वर्णन महाभारत र पुराणहरुमा पाइन्छ । शंखलाई विजय, समृद्धि, सुख, शान्ति, यश, कीर्ति र लक्ष्मीको प्रतीक मानिएको छ। सबैभन्दा महत्वपूर्ण कुरा शंख नादको प्रतिक हो । शंख ध्वनीलाई शूभ मानिएको छ । यद्यपि प्राकृतिक रुपले शंख कयौ प्रकारका हुन्छन् । यसमध्ये तीन प्रमुख प्रकार छन्–दक्षिणावृत्ति शंख, मध्यावृत्ति शंख र वामावृत्ति शंख । यी शंखका पनि कयौ उपप्रकार हुन्छन् ।

पञ्चजन्यको रहस्य

पञ्चजन्य शंख उत्पन्न भएको थियो । समुद्र मन्थनबाट प्राप्त १४ रत्नमध्ये छैटौ रत्न शंख थियो । आफ्नो गुरुको पुत्र पुनरदत्तलाई एकपटक एउटा दैत्यले उठाएर लग्यो । तिनै गुरुपुत्रलाई लिनका लागि ती दैत्य नगरमा गए । त्यहाँ उनीहरुले देखे कि एउटा शंखमा दैत्य सुतेको छ। उनीहरुलाई दैत्यलाई मारेर शंखलाई आफूसँग राखे । तर जब उनीहरुलाई थाहा भयो कि उनीहरुका गुरुपुत्र यमपुरी गएको छ, तब उनीहरु पनि यमपुरी गए ।

त्यहाँ यमदूतहरुले उनीहरुलाई भित्र जान दिएनन् तब उनीहरुले शंखनाद गरे, जसका कारण यमलोक हल्लिन थाल्यो । तब यमराज स्वयम आएर कृष्णलाई उनको गुरुपुत्रको आत्मा फिर्ता गरे । भगवान कृष्ण बलराम र आफ्ना गुरुपुत्रका साथ पुनः धरतीमा फर्किए र उनीहरुले गुरुपुत्रका साथै पञ्चजन्य शंख पनि गुरुसमक्ष प्रस्तुत गरे । गुरुले पञ्चजन्य शंखलाई पुनः कृष्णलाई दिँदै भने कि यो तिम्रा लागि नै हो । तब गुरुको आज्ञाले उनीहरुले उक्त शंखनाद गरेर पुरानो युगको समाप्ति र नयाँ युगको प्रारम्भ गरे ।

पञ्चजन्य शंखको शक्ति

भगवान कृष्णसँग पञ्चजन्य शंख थियो, जसको ध्वनि कयौ किलोमिटरसम्म पुग्दथ्यो । भनिन्छ कि महाभारत युद्धमा आफ्नो ध्वनिबाट पान्डव सेनामा उत्साहको संचार गराउने यो शंखको ध्वनिबाट सम्पूर्ण युद्धभूमिमा शत्रु सेनामा भय व्याप्त हुने गर्दथ्यो ।

महाभारत युद्धमा श्रीकृष्ण आफ्नो पञ्चजन्य शंखबाट पाण्डव सेनामा उत्साहको संचार मात्र गराउँदैन थिए, बरु यसबाट कौरव सेनामा भय उत्पन्न हुने गर्दथ्यो । यसको ध्वनि सिंहको गर्जनभन्दा पनि कयौ गुना बढी भयानक थियो । यो शंखलाई विजय वा यशको प्रतीक मानिन्छ । यसमा पाँच औंलाको आकृति हुन्छ । यद्यपि पञ्चजन्य शंख अहिले पनि पाइन्छ तर यो सबै चमत्कारिक छैनन् । यो घरलाई वस्तुदोषमुक्त राख्नका लागि स्थापित गर्ने गरिन्छ । यसले राहु र केतुको दुष्प्रभावलाई पनि कम गराउने गर्दछ ।

अहिले कहाँ छ त पञ्चजन्य शंख ?

भनिन्छ कि यो शंख अहिले पनि छ । यो शंख भारतको हरियाणाको करनालमा भएको मानिन्छ । यो शंख करनालदेखि १५ किलोमिटर पश्चिम काछवा वा बहलोलपुर गाउँमा रहेको पराश ऋषिको आश्रममा राखिएको थियो, जहाँबाट चोरी भयो । यो आश्रममा हिन्दूधर्मसँग जोडिएका कयौ अमूल्य वस्तुहरु थियो । २० अप्रिल २०१३ मा यो शंख चोरी भएको बताइने गरेको छ। एजेन्सी

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..