
काठमाडौ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले ४४ वटा खाद्य वस्तु भन्सार विन्दुबाट रोक्का गरेको छ ।
आयातित वस्तुमा मापदण्ड पूरा नभएकाले खाद्यवस्तु रोक्का गरिएको हो । कागजात नमिलेका, मापदण्ड नपुगेका, लेवल नभएका र आयात प्रतिबन्ध लागेका वस्तु रोकिएको विभागका प्रवक्ता पुर्णचन्द्र वस्तीले कान्तिपथ डट कमसंग बताउनुभयो ।
रोकिएका वस्तुमा तेल, विस्कुट, चाउचाउ, सस, ललिपप लगाएतका रहेका छन् । विभागका अनुसार आर्थिक वर्ष २०७५/०७६ को दोस्रो चौमासिकमा कुल छ हजार ८० वटा खाद्य पदार्थलाई आयात अनुमति जारी गरिएको छ ।
विभागले जारी गरेको आयात–निर्यात निर्देशिकाले आयात पूर्व अनिवार्य रूपमा अनुमति लिनुपर्ने व्यवस्था गरेको छ ।