उपभोक्ता ठगिएमा उजुरी गर्न सकिने व्यवस्था, तैपनि गुणस्तरहीन वस्तुको विगविगी

काठमाडौ । नेपालको संविधानले गूणस्तरिय वस्तु तथा सेवा प्राप्त गर्ने हकको व्यवस्था गरेको छ ।

उपभोक्ता संरक्षण ऐन २०७५ ले कालाबजारी, एकाधिकार, कृतिम अभाव सिर्जना गर्ने तथा अखाद्य सामग्री विक्री वितरण गर्नेलाइ कारवाही गर्ने व्यवस्था गरेको छ । तर पनि गूणस्तरविहीन खाद्य सामग्री विक्री वितरण गर्ने क्रम रोकिएको छैन ।

कुनै पनि संघसस्थाको वस्तु वा सेवा प्रयोग गरेबापत कुनै समस्या परे कानुन अनुसार कारवाही हुने व्यवस्था छ । अधिवक्ता पुष्पराम पौडेलले उपभोक्ता आफै आफ्नो हक प्रति सचेत भए ठगिने सम्भावना नहुने बताउनुभयो ।

उपभोक्ताहरुले आफूहरु कुनै पनि प्रकारको ठगीमा परे वा समस्यामा परेको भए उजुरी गर्ने प्रावधान रहेकाले उजुरी गर्न आग्रह गर्नुभयो । प्रहरी, स्थानीय तह, उपभोक्ता हकहित संरक्षण विभागलाई पनि उजुरी गर्न सक्ने उहाँको भनाई छ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..