शिक्षाको गुणस्तर सुधार्न गौमुलका विद्यालयहरु गाभिन सुरु

बाजुुरा । बाजुराको गौमुल गाउँपालिकाले विद्यालयहरु गाभ्ने प्रक्रिया सुरु गरेको छ । गाउँपालिकाको तेस्रो गाउँ सभाबाट विद्यालय समायोजन अर्थात गाभ्ने गर्ने निति यस अघि नै पास गरिसकेको थियो ।

गाउँपालिकाको २९ औँ कार्यपालिकाको बैठकबाट गौमुल गाउँपालिका–१ दुर्गालीमा रहेको सिम आधारभुत विद्यालय र महादेव आधारभुत विद्यालयलाई अम्लिस माविमा गाभिएको छ ।

महादेव आधारभुत विद्यालयलाई कक्षा–३ सम्म झारिएको छ भने सिम आधारभुत विद्यालयलाई पूर्ण रुपमा गाभिएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउनका लागि विद्यालय गाभ्ने काम सुरु गरेको गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले जानकारी दिनुभयो ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..