आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आज १८ खेल हुँदै

काठमाडौ । आठौं बृहत् राष्ट्रिय खेलकुद अन्तर्गत आज १८ खेलका विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुँदैछ । प्रदेश नम्बर ५ का विभिन्न जिल्लामा सञ्चालन भईरहेको प्रतियोगितामा विभिन्न स्पर्धामा स्वर्ण पदकको समेत टुङ्गो लाग्दैछ ।

दाङको बेलझुण्डिमा हुने एथ्लेटिक्समा १० स्वर्णको टुङ्गो लाग्दैछ । तालिका अनुसार एथ्लेटिक्सतर्फ पुरुषको ११० मिटर हडल्स फाईनल, महिलाको १०० मिटर फाईनल, महिला पुरुषको ४ सय मिटर फाईनल, महिला पुरुषको ५ हजार मिटर फाईनल, महिला पुरुषको ट्रिपल जम्प फाईनल र महिला पुरुषको ४ बाई ४ सय मिटर फाईनलका खेल हुनेछन् ।

यस्तै बुटवल र नेपालगञ्ज तथा कपिलवस्तु र दाङमा भईरहेको फुटबलको समेत समुह चरणको अन्तिम खेलहरु हँुदैछन् । बुटवलमा हुने पुरुष फुटबलमा प्रदेश ७ र आर्मी तथा पुलिस र प्रदेश ६ भिड्नेछन् । नेपालगञ्जमा हुने खेलमा भने बिहान प्रदेश ४ र प्रदेश १ तथा साँझ प्रदेश ३ र प्रदेश ५ भिड्नेछन् । महिला फुटबलमा आज समुह चरणका अन्तिम खेल हुनेछन् ।

तेक्वान्दोका खेलहरु भैरहवाको ब्याडमिन्टन कभर्डहलमा चल्दा दाङको तुलसीपुरस्थित कराँतेहलमा कराँतेका खेलहरु हुनेछन् । नेपालगञ्जको नगरभवनमा भारोत्तोलन, खजुराको भलिबल एकेडेमीमा महिला पुरुषका भलिबल तथा नेपालगञ्जको कभर्डहलमा ब्याडमिन्टनका खेल हुनेछन् ।
नेपालगञ्ज रंगशालामा पुरुष ह्याण्डबल र महेन्द्र क्याम्पसमा आईटीएफ तेक्वान्दोका खेलले निरन्तरता पाउने बताईएको छ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..