तीन दिनसम्म देशभर मेघ गर्जन र चट्याङसहित मौसम बदली रहने, सतर्क रहन सुझाव

काठमाडौं । आज देखि तीन दिनसम्म देशभर मौसम बदली भई हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आइतबारदेखि मंगलबार रातिसम्म हावाहुरी, चट्याङ र मेघगर्जनसहित वर्षा हुने सम्भावना देखिएको हो।

महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार आइतबार पश्चिमी वायु प्रवेश गर्ने भएकाले तीन दिनसम्म मौसम बदली हुने भएको हो। ‘अहिले यो वायु जम्मु काश्मिरमा छ,’ मौसमविद् श्रेष्ठले भने, ‘बेलुकीसम्म यो नेपालको पश्चिमी क्षेत्रमा आइपुग्नेछ।’ तर यो उति शक्तिशाली भने नभएको उनको भनाइ छ। ‘तैपनि यसले आगामी तीन दिनसम्म हावाहुरी, चट्याङ र मेघ गर्जनका साथ वर्षा गराउने सम्भावना छ,’ उनले भने ।

मौसमविद् श्रेष्ठका अनुसार दिउँसो काठमाडौं उपत्यकासहित विशेषगरी पहाडी क्षेत्रमा र राति पहाड-तराई दुवै क्षेत्रमा हावाहुरी, चट्याङ र मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको आगामी तीन दिनसम्मको मौसम पूर्वानुमान यस्तो छः

वैशाख ०८ गते
दिउँसोः देशभरि आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ।

रातिः देशभरि आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जनर चट्याङ, हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ।

वैशाख ०९ गते
दिउँसोः देशभरि आंशिकदेखि सामान्यसम्म बदली रही पूर्वी र मध्य भूभागका केही स्थानमा तथा पश्चिमी भूभागका थोरै स्थानमा मेघ गर्जनर चट्याङ, हावाहुरी सहित हल्का वर्षाको सम्भावना छ।

रातिः देशभरि आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जनर चट्याङ, हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ।

वैशाख १० गते
दिउँसोः देशभरि आंशिकदेखि सामान्यसम्म बदली रही पूर्वी र मध्य भूभागका केही स्थानमा तथा पश्चिमी भूभागका एकदुई स्थानमा मेघ गर्जनरचट्याङ, हावाहुरी सहित हल्का वर्षाको सम्भावना छ।

रातिः देशभरि आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जनर चट्याङ, हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..