
काठमाडौं। नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले हरेकचोटी मौका पाउनासाथ आफूलाई प्रमाणित गर्नु पर्ने बताएका छन् ।
‘म सधैं मेरो भूमिका पूरा गर्न चाहन्थें। हरेक पटक मौका पाउँदा मैले आफूलाई प्रमाणित गर्नुपर्छ,’ खेलपछि पत्रकार सम्मेलनमा बोल्दै सन्दीपले भने, ‘कहिलेकाहिँ प्लेइङ ११ मा नपर्दा दुःख लाग्छ, तर टिममा राम्रा वैकल्पिक खेलाडी चाहिन्छन् । मेरो विचारमा टिम व्यवस्थापनसँग क्रिकेटको धेरै राम्रो ज्ञान छ । उनीहरूको आफ्नै योजना हुन्छन् र त्यसैले भिन्नभिन्न प्लेइङ ११ छान्छन् । मैले अझै सुधार गरिरहनु पर्छ ।’
Getting Gayle and Curran in the same over was great – Sandeep https://t.co/rfCxydYW2G via @ipl
— bishwa mohan mishra (@mohanbishwa) April 21, 2019
दिल्ली क्यापिटल्सबाट इन्डियन प्रिमियर लिग खेलिरहेका नेपाली लेग स्पिनर लामिछानेले शनिबार भएको खेलमा किंग्स इलाभेन पञ्जाबका तीन महत्वपूर्ण विकेट लिए । दिल्लीको घरेलु मैदान फिरोज शाह कोट्लामा भएको खेलमा दिल्लीले ५ विकेटको जित निकाल्यो । जितका लागि सन्दीपको भूमिका महत्वपूर्ण थियो ।
सन्दीपले पञ्चाबका लोकेश राहुल र क्रिस गेल गरी दुबै ओपनर र मध्यक्रममा अलराउन्डर साम करनलाई आउट पारे । पछिल्ला २ खेलमा दिल्लीको अन्तिम ११ मा नपरेका सन्दीपले शनिबार पञ्जाबविरूद्धको खेलमा ४० रन खर्चँदै ३ विकेट लिन सफल भए । उनले क्रिस गेल, लोकेश राहुल र साम करनलाई आउट गराएका थिए ।
लामिछानेले अहिलेसम्म ५ प्रतियोगितामा ८ विकेट लिएका छन्। क्रिस गेलको आक्रामक अर्धशतक (६९ रन, ३७ बलमा) का बावजुद स्पिनर सन्दिप लामिछानेले तीन विकेटको सहयोगमा दिल्ली क्यापिटल्सले पञ्जावलाई सात विकेटमा १६५ रनमै रोकेको थियो ।