बैशाख १६ गतेका लागि आव्हान गरियो संघीय संसदको बजेट अधिवेशन

काठमाडौ । संघीय संसदको बजेट अधिवेशन यही वैशाख १६ गतेका लागि बोलाइएको छ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १६ गतेका लागि बजेट अधिवेशन अर्थात् संसदको वर्षे अधिवेशन आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीद्वारा बजेट अधिवेशन आह्वान भएको संसद सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए। बजेट अधिवेशन यहीँ बैशाख १६ गते दिउँसो ४:०० बजेदेखि शुरू हुनेछ ।

वर्षे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिनुका साथै त्यसमाथि छलफल गरेर पारित गरिन्छ। संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्छ।

त्यसअघि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने प्रचलन छ। यसवर्ष वैशाख २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अर्यालले जानकारी दिए।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..