श्रीलंका आक्रमणमा मर्नेको संख्या १८७ पुग्यो, देशभर कर्फ्यु आदेश जारी, घटनाको जिम्मेवारी कसैले लिएन

कोलम्बो । श्रीलङ्काका गिर्जाघर र होटलहरूमा शृङ्खलाबद्ध विस्फोटन हुँदा १ सय ८७ जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरी र अस्पतालस्थित स्रोतहरूले बताएका छन्।

आइतवार बिहान देशका विभिन्न स्थानमा रहेका गिर्जाघर र होटलमा गरेर कम्तीमा सात वटा विस्फोटन भएका थिए। त्यसपछि पनि थप दुईवटा विस्फोटन भएको समाचार प्राप्त भएको छ।घटनामा ५ सय बढी घाइते भएका छन् । कोलम्बो नेशनल हस्पिटलले मृतकको संख्या १८७ भएको पुष्टि गरिसकेको छ।

मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ। घटनापछि देशभर कर्फ्यु आदेश जारी गरिएको छ। घटनाको जिम्मेवारी कसैले पनि लिएको छैन ।

दश दिन अगाबै चेतावनी दिइएको थियो

श्रीलंकाका प्रहरी प्रमुख पुजुथ जयासुन्दराले १० दिनअघि नै राजधानी कोलम्बोसहित देशका विभिन्न भागका महत्वपूर्ण चर्चहरुमा आत्मघाती आक्रमण हुनसक्ने भन्दै अलर्ट जारी गरेका थिए । एएफपीका अनुसार प्रहरी प्रमुख पुजुथले अप्रिल ११ का दिन प्रहरीका वरिष्ट अधिकारीहरुलाई गोप्य सूचना पठाएका थिए ।

“एउटा विदेशी गुप्तचर निकायले राष्ट्रिय थोवित जमाथ ९एनटीजे० नामको समूहले प्रमुख चर्चहरु र कोलम्बोस्थित भारतीय उच्चायुक्तको कार्यालयमा आत्मघाती आक्रमण गर्ने योजना बनाएको खबर प्राप्त भएको छ,” प्रहरी प्रमुखको चेतावनीमा उल्लेख छ ।

एनटीजे श्रीलङ्कामा सक्रिय अतिवादी मुस्लिम सङ्गठन हो र यो सङ्गठनका बारेमा गत वर्षमात्र जानकारी आएको थियो । यस सङ्गठनले गत वर्ष बौद्धमूर्तिहरुको तोडफोड गरेको पाइएको थियो ।

राष्ट्रपति र प्रधानमन्त्रीको समवेदना

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रका नाममा सम्बोधन गर्दै देशबासीलाई शान्त रहन अनुरोध गर्नुभएको छ । उहाँले कायरतापूर्वक गरिएको यस आक्रमणका दोषीलाई पक्राउ गरी कानुनी कठघरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

त्यस्तै प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले आतङ्कवादी हमलाका कारण राष्ट्र शोकको घडीमा रहेको बताउँदै सबैलाई धैर्य रहन, घाइतेको उपचारमा विशेष ध्यान दिन तथा हमलाकारीको खोजीमा सरकारी सुरक्षाफौज सक्रिय रहने बताउनुभएको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..