दूरसञ्चार प्राधिकरण र राष्ट्र बैंकबीच सम्झौता

काठमाडौँ । मोबाइल वित्तीय सेवाको विकास तथा नियमनका लागि आवश्यक सहकार्य तथा समन्वय गर्न नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल राष्ट्र बैंकबीच समझदारी भएको छ ।

राष्ट्र बैंकको भूमिकासहितको सो सम्झदारी पत्रमा बैंकको तर्फबाट गर्भनर डा चिरञ्जीवी नेपाल र प्राधिकरणको तर्फबाट कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनालले हस्ताक्षर गरेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

मोबाइल वित्तीय सेवाको विकास तथा नियमनलाई अझ बढी विश्वसनीय र प्रभावकारी बनाउन दुवै नियमनकारी निकायले संयुक्तरुपमा गर्नुपर्ने कार्य र त्यसका लागि समन्वयका क्षेत्र र विकास रणनीतिसमेत समझदारी पत्रमा उल्लेख गरिएको छ ।

साथै दूरसञ्चार प्रविधिको प्रयोग गरी देशमा क्रियाशील विभिन्न भुक्तानीसम्बन्धी कार्यमा संलग्न भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक र दूरसञ्चार सेवा प्रदायक संस्थासँग सम्बन्धित कार्यलाई सहजीकरण तथा नियमन गरी आवश्यकताअनुसार नीति निर्माण कार्यमा समेत सहयोग पु¥याउने उद्देश्यले दुवै नियमनकारी निकायको प्रतिनिधित्व हुने गरी एक संयुक्त समन्वय समितिसमेत गठन गरेको छ ।रासस

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..