आर्मी उपविजेता बन्दै सेमिफाइनलमा

काठमाडौ । आठौं अन्तर्गत पुरुष फुटबलमा उपाधिको दावेदार विभागीय त्रिभुवन आर्मी क्लब सुदूरपश्चिम प्रदेशसँग बराबरीमा रोकिएसँगै उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

यो समूहबाट पुलिसले एक खेल अगावै समूह विजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो । समूह चरणको अन्तिम खेलमा पुलिस कर्णाली प्रदेश सँग पराजित भएपनि हेड टु हेडमा पुलिस समूह विजेता बन्नेछ । आर्मीको चार खेलबाट ७ अंक छ ।

एक खेल कम खेलेको पुलिसको पनि ७ अंक नै रहेको छ । बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा आज भएको समूह चरणको खेलमा आर्मी सुदूरपश्चिम प्रदेश सँग १–१ गोलको बराबीमा रोकिएको हो ।

आर्मीले सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन पुगेको हो । खेलको १५औं मिनेटमा सन्तोष तामाङले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । ७७औं मिनेटमा प्रभुराजले बराबरी गोल फर्काउनुभएको थियो ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..