सन्तोषी र आर्मीको राष्ट्रिय कीर्तिमान

काठमाडौ । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको महिला पाँच हजार मिटर दौडमा एपीएफ क्लबका सन्तोषी श्रेष्ठले राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ ।

दाङको बेलझुन्डीमा आज सन्तोषीले निर्धारित दुरी १६ मिनेट ३८ दशमलब ५३ सेकेन्डमा पुरा गर्दै कीर्तिमानसहित स्वर्ण जित्नुभयो । सन्तोषीले कान्छीमाया कोजुले बनाएको कीर्तिमान भंग गर्नुभएको हो । यस स्पर्धामा कान्छीमायाले सन् २०१० मा चीनको गोन्जाओमा १६ मिनेट ४९ दशमलब ९८ सकेन्डको कीर्तिमान बनाउनुभएको थियो ।

यस स्पर्धामा रजत जित्नुभएका आर्मीका बिश्व रुपा बुढाले निर्धारित दुरी १६ मिनेट ४६ दशमलब तीन सेकेन्डमा पुरा गर्नुभयो । निर्धारित दुरी १७ मिनेट तीन दशमलब ७५ सेकेन्डमा पुरा गर्दै एपीएफका बिन्द्रा धन्के श्रेष्ठले कास्य जित्नुभयो ।

यस्तै चार गुणा चार सय मिटर रिले दौडको महिलामा आर्मीले राष्ट्रिय कीर्तिमान बनाएको छ । कृष्णा चौधरी, संगिता मेचे, सरस्वती भट्टराई र तुलसा खत्री रहेको आर्मीले निर्धारित दुरी चार मिनेट दुइ दशमलब ४८ सेकेण्डमा पुरा गर्दै कीर्तिमानसहित स्वर्ण जितेको हो ।

यसअघि सन् २०१६ मा भारतको गुवाहाटीमा भएको साग गेम्समा नेपालले चार मिनेट आठ दशमलब २० सेकेन्डको समय निकाल्दै कीर्तिमान बनाएको थियो । यस्तै यस स्पर्धामा रजत जितेको एपीएफले चार मिनेट १३ दशमलब १४ सेकेण्डको समय निकालेको थियो । कास्य जितेको प्रदेश पाँचले निर्धारित दुरी चा मिनेट १२ दशमलव ४९ सेकेन्डको समय निकाल्यो ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..