वार्तामा आउन राप्रपालाई सरकारको पत्र

काठमाडौ । सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई वार्तामा आउन पत्र पठाएको छ ।

हिन्दू राष्ट्र पुनर्स्थापना लगायतका विभिन्न २२ बुँदे माग राख्दै सडक आन्दोलनमा रहेको राप्रपालाई सरकारले वार्तामा बोलाएको हो । कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले पत्र लेखी वार्तामा आउन आग्रह गर्नुभएको हो ।

राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सरकारको कदमलाई राप्रपाले सकारात्मक रुपमा लिएको बताउनुभयो ।

गत फागुन ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे माग बुझाएर आन्दोलनमा उत्रिएको राप्रपाले आन्दोलनको कार्यक्रम अन्तर्गत मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रालगायतका सडक प्रदर्शन कार्यक्रम पनि गरेको छ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..