बुधबार, फाल्गुन ६, २०८२

बुटवलमा १० जना पक्राउ


कान्तिपथ


६ वटा पार्टी र दुई वटा मोर्चाले सोमबार एमसिसीकाे बिराेधमा आह्वान गरेको नेपाल बन्दको क्रममा बुटवलमा १० जना पक्राउ परेका छन्। 

बन्दका क्रममा बुटवलबाट नेकपा क्रान्तिकारी माओवादीका पाेलिटब्युराे सदस्य प्रेम सुवेदीसहित १० जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा सुवेदीसहित नेकपा रूपन्देहीका जिल्ला सदस्य वीरेन्द्र बिकलगायत छन्। बन्द आव्हान गर्दै हिँडेका उनीहरूलाई बुटवल बसपार्कबाट प्रहरीले पक्राउ गरेको हो।

उनीहरूलाई ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ।

एमसिसीको विरोध गर्दै नेकपासहितका ५ दलीय मोर्चाले आज नेपाल बन्द आव्हान गरेको हो।

बन्दका कारण बुटवल लगायत रुपन्देहीका विभिन्न स्थानकाे जनजीवन प्रभावित भएको छ



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत